Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले ७७ जिल्लामा खटायो मुख्य निर्वाचन अधिकृत


    आइतबार, बैशाख ४ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृत समेत खटाएको छ।

    सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको आयोगले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    यही वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने र अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले निर्वाचन सम्बन्धी काम गर्ने आयोगले जनाएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकिएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार