Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते


    आइतबार, बैशाख ४ २०७९
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

    बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

    दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना  घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।  प्रहरीका अनुसार जीप गएराति पौने १ बजे दुर्घटना भएको हो । 

    जीपमा तीन महिला र ६ पुरुष गरी नौ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए ।

    निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भयको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताय ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार