Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस अछामका तीन पालिकाद्धारा सत्ता गठबन्धनको निर्णय अस्वीकार 


    आइतबार, बैशाख ४ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

    साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

    कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए ।

    तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार