Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएल: बैंगलोरको चौथो जित, उक्लियो तेस्रो स्थानमा 


    आइतबार, बैशाख ४ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी  क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ ।

    शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा  दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन  बनाउन सक्यो ।  

    दिल्लीका  डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो ।

    बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले  ५५ रनको योगदान गरे ।

    जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार