चितवन । पाँचदलीय गठबन्धनबीच स्थानीय तहको चुनावी तालमेलको बारेमा आजै टुंगो लाग्ने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । प्रचण्डका अन्ुसार स्थानीय तहको चुनावको तालमेलको खाका आजै (शनिबार) साँझसम्म बन्ने र आइतबारसम्मे टुंगिनेछ । भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लागिसक्ने बताए ।
माओवादी अध्यक्ष प्रचण्डले तालमेल टु्ंगो लाग्ने भने पनि नेपाली कांग्रेसभित्र तीव्र अन्तरबिरोध देखिएको छ । बाँके, चितवन, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक जस्ता अधिकांश जिल्लामा नेपाली कांग्रेस तालमेलको पक्षमा देखिएको छैन ।
सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भए पनि नेपाली कांग्रेसभित्र तीव्र बिरोधका कारण अन्योल छाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलहरु चुनावमा तालमेल गर्नैपर्ने पक्षमा देखिएका छन् । तर महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य डा शेखर कोइरालाहरु स्थानीय तहको निर्वाचनमा तालमेलको बिरोध गरिरहेका छन् ।
तालमेलमा नेपाली कांग्रेसले जहाँ माओवादी, नेकपा समाजवादी र जसपालाई छाड्ने चर्चा भइरहेको छ, डा. शेखर कोइरालाले ती ती स्थानीय तहमा गएर स्थानीय तहका नेता कार्यकर्ता भड्काउने, बिद्रोहको धम्की दिन लाउने काम गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend