Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली कांग्रेसले आज उम्मेदवार टुंगो लगाउने, कार्यसम्पादन समितिको बैठक बस्दै


    शनिबार, बैशाख ३ २०७९
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले आज  महानगर र उपमहानगरको उम्मेदवार छान्ने भएको छ । आज नै स्थानीय तह निर्वाचनका लागि कांग्रेसले महानगर र उपमहानगरको उम्मेदवार छान्ने भएको हो । त्यसका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज  बस्दै छ ।
    आज शनिवार बस्ने बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

    कांग्रेसले यसअघि शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात वटै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने सहितका ६ निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार