Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने


    शुक्रबार, बैशाख २ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

    समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उनले बताए ।

    बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार