सुर्खेत ४ चैत । प्रहरीले ३३.९९ क्युफिट सालको काठसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार गाडी चालक नरेश पुन, ट्याक्टर सञ्चालक खडकबहादुर सुनार र हेल्पर उमेर आलेमगरलाई पक्राउ गरेको हो।
भेरीगंगा–१० सालबारीमा सोमबार बेलुका भे१च ४१६१ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा उक्त काठ बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले चेकजाँचका क्रममा सालको ३३.९९ क्युफिट गोलिया बरामद गरिएको बताए।