धनगढी। बझाङ छबिस पाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिस पाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेकाे छ ।
काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूकाे जमघट छ । याे अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा(भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय परिकार बाँडिचुडी खाने गरिन्छ । तर यस बर्ष भने परिस्थिती केही फेरिएको छ । एक महिनापछि हुन लागेकाे स्थानीय तह निर्वाचनको माहोल मेला पर्वमा देखिएकाे छ । दुई चार जना जम्मा हुने बित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ ।
चुनावको अधिकांस विषय तालमेलकै वरिपरि हुने गरेकाे छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया बढाएका बेला छबिस पाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् ।
गठबन्धन गरेर जाँदा पाँच वर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनीहरूको बुझाइ छ । गठबन्धन गर्दा राजनीतिक खिचातानी बढ्न सक्ने भन्दै दलहरूलाई एक्लाएक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।
‘माओवादी र एमालेले गठबन्धन गरी दुई तिहाइ नजिकको मत ल्याएकै हुन्,’ छबिसपाथिभेरा गाउँपालिका-५ का विष्णु सिंहले भने, ‘तर दुई दलको स्वार्थ नमिल्दा उनीहरू बिचैमा फुटे । अहिले सारा देशले दुःख पाएको छ । फेरि गठबन्धन गर्दा त्यही अवस्था आउन सक्छ । त्यसैले एक्लै चुनाव लड्नु पर्छ ।’
गठबन्धन गरेर चुनाव लड्न आउने उम्मेदवारलाई भोट नदिइने उनी बताउँछन् । उनले छबिसका मतदाता गठबन्धनको विपक्षमा रहेकाे पनि बताए । ‘दलहरूले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारूलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ,’ उनले भने, ‘तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन्, दलहरूले मतदाताको भावना बुझ्नु जरुरी छ ।’
छबिस पाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सबै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सबै दलले आ-आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend