Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कंगोमा मृत्यु भएका सैनिक अनिल गुरुङको शव नेपाल ल्याइयो


    बुधबार, चैत्र ३० २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका अनिल गुरुङको शव नेपाल ल्याइएको छ  ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ ।

    छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनिक गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार