Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाइडेनले पहिलो पटक भने —पुटिन तानाशाह हुन्


    बुधबार, चैत्र ३० २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किभ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै पुटिनलाई तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् । 

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् । 
    यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए ।
    यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार