Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायण दाहालको गुनासाे: प्रचण्डकाे भाइ भएकै कारण धेरै अवसरहरु गुमाएको छु


    मंगलबार, चैत्र २९ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नारायणप्रसाद दाहालले आफ्नो बचाउ गरेका छन् । 

    परिवारको सदस्यका रुपमा मनोनित गरेको भन्दै आलोचना भइरहेका बेला दाहालले प्रचण्डका भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरेका छन् । 

    दाहालले आफ्नै योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरेर्दै प्रचण्डका भाइ भएकै कारणले आफूले अवसरहरु गुमाएकोसमेत जिकीर गरेका छन् ।

    मंगलबार पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘हिजो युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरु के भन्ने प्रश्न आउँथ्यो, ‘म गर्वका साथ भन्छु हाम्रो परिवारमा अध्यक्षकै छोराछोरीदेखि लिएर मेरो छोरा बुहारी, बुढी सबै हामी युद्धमै थियौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार