विशाल बस्नेत
महोत्तरी । सत्तारुढ दल जिल्ला तथा पालिकाको गठबन्धनका विषयमा अल्लमल्ल बनिरहेको बेला महोत्तरीका नेताहरूले आफ्ना शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
नेपाली कांग्रेस महोत्तरीका नेताहरूले आइतबार सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेतासँग छलफल गरेर फर्किए लगत्तै माओवादी केन्द्रका नेताले पनि अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसँग छलफल गरेर फर्किएका छन् ।
अहिले बेलुका जिल्लास्थित नेताहरूले प्रचण्डसँग छलफल गर्दा गठबन्धनमा अडिग रहन निर्देशन भएको छलफलमा सहभागी केन्द्रीय सदस्य तथा महोत्तरीका नेता प्रकाश पोखरेलले जानकारी दिए ।
५ वैसाखभित्र उम्मेदवारसमेत टुंगो लगाउन निर्देशन भएको नेता पोखरेलको भनाइ छ । नेताहरूले अध्यक्ष प्रचण्डलाई जिल्लामा पार्टीको अवस्था र सत्ताघटक गठबन्धन दलको विषयमा रिपोर्ट गरेका थिए ।
महोत्तरीका नेता तथा केन्द्रीय सदस्य रामकुमार शर्मा, भरत साह, राजु खडका, भवानी खडका, प्रकाश पोखरेल, स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलसहित छलफलमा पुगेका थिए ।
मंगलबार नै मधेश प्रदेशमा गठबन्धनको मोडालिटीको समबन्धमा बैठक बस्दै छ भने केन्द्रमा पनि गठबन्धनको अल्लमल्ललाइ भोलि नै निष्कर्षमा पुर्याउने तयारी भएको छ ।
यता गठबन्धनको विपक्षमा रहेका नेपाली कांग्रेसका नेताले सभापति शेरबहादुर देउवालाइ भेटेर फर्किएपछि जिल्लामा नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका जिल्ला नेता चिरिन्जिबी हमाल, नागेस्वर यादवलगायतका नेताले आइतबार शीर्षनेतालाई भेटेर जिल्ला फर्किएका थिए ।
गठबन्धनप्रति असन्तुष्टि जनाइरहेका नेता, कार्यकर्तालाई पनि आज सत्ताघटक दलले निकालेको संयुक्त अपिलले मथर बनाएको छ ।
मंगलबार गठबन्धनको मोडालिटी बनेपछि जिल्लामा चुनावी रौनक सुरु हुने देखिएको छ ।
माओवादी केन्द्र महोत्तरी पनस उम्मेदवार छान्न अल्लमल्लमा परिरहेको वेला नेताहरूको छलफलले उम्मेदवार छनोटको प्रक्रियामा निर्धक्क भएर लाग्न बाटो खुल्ला भएको नेताहरूले बताएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend