Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दहचोक–सिस्ने खोला आयोजनाका कारण खानेपानीको मुहान सुकेपछि स्थानीयले गरे कार्यालय तोडफोड


    सोमबार, चैत्र २८ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले तोडफोड गरेका छन् ।

    आक्राेसित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाएका छन् ।

    दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियाे ।

    चन्द्रागिरि वडा-२ का अध्यक्ष गोपी सुर्खेतीले सुरूङ मार्गका कारण खानेपानीको मुहान सुकेको  र खानेपानीको व्यवस्थापन गर्ने भनेता पनि आयोजकले सुनुवाइ नगरेको भन्दै स्थानीय आक्रोसित भएको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार