काठमाडौं । सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को प्रयास असफल हुने देखिएको छ ।
स्थानिय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरु बिचमा मात्रै साझा उम्मेदवार चयन गर्न सुझाव पेश गरेपछि लोसपाको प्रयास असफल हुने देखिएको हो ।
आफना माग पुरा गराउन तथा स्थानिय तह निर्वाचनमा तालमेल गर्ने बिषयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई दुई पटक प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
कांग्रेस सभापति देउवा तालमेलका लागि सकारात्मक रहेको जनाउँदै भारत भ्रमणवाट फर्केपछि पुनस् वार्ता गर्ने भनिरहेको बेला अनुगमन संयन्त्रले पाँच दल बिचमा मात्रै गठबन्धन गर्न सिफारिस गरे पछि लोसपाको सो प्रयास असफल हुने देखिएको हो ।
‘स्थानिय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनका बिचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अघि बढने’ सुझाव अनुगमान संयन्त्रले दिएकोे छ । सो सुझावका आधारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका बिचमा मात्रै गठबन्धन हुने देखिएको छ ।
सोमवार बस्ने गठबन्धन शिर्ष नेतृत्वको बैठकले अन्यसँग पनि गठबन्धन गर्ने निर्णय नलिएको खण्डमा लोसपाको प्रयास अन्ततस् असफल हुने देखिएको छ । ‘अहिलेसम्म गठबन्धन गर्ने भनेर केन्द्रिय निर्णय भएको छैन, स्थानिय तहले आवाश्यक्ताका आधारमा चुनावी तालमेल गर्न सक्नेछन,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने, ‘सत्तारुढ गठबन्धनसँग तालमेल नभए अन्यसँग तालमेलको ढोका भने खुल्ला रहेनछ, हामी छलफलमा नै छौं ।’ उनका अनुसार नेकपा एमालेसहित साना दलहरुसँग तालमेल गरेर अघि बढने बारेमा छलफल अघि बढाउन सकिने विकल्प भने अझै खुल्ला रहेको छ ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend