Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एएफसी फुटसलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै


    आइतबार, चैत्र २७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।

    कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

    नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

    समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार