Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारमा लोकतान्त्रिक–प्रगतिशील समूह जितेकोमा प्रचण्ड खुसी, दिए बधाइ


    शुक्रबार, चैत्र २५ २०७८
    2.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा लोकतान्त्रिक–प्रगतिशील–समावेशी तथा पेशागत समूहका गोपालकृष्ण घिमिरेको टीम बिजयी भएकोमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ दिएका छन् ।

    सामाजिक संजालमा घिमिरेको समूह बिजयी भएकोमा अध्यक्ष प्रचण्डले निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरेका छन् । बार एशोसिएसनको निर्वाचनको २६ औं केन्द्रीय कार्यसमितिका लागि चैत १९ मा भएको निर्वाचनको मतगणना आज सकिएको छ ।

    निर्वाचनमा लोकतान्त्रिक–प्रगतिशील–समावेशी तथा पेशागत समूहका अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् । एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई घिमिरेले १ हजार ९ सय ९२ मतले पराजीत गरेका छन् । अधिकारीले २ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार