काठमाडौ । नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना सकिएको छ । बार एशोसिएसनको अध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले झन्डै दोब्बर मतान्तरले प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई पराजीत गरेका छन् ।
घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् । अधिकारीले २ हजार ४ सय ८२ प्राप्त गरेका छन् । १ हजार ९ सय ९२ मतान्तरले घिमिरेले अधिकारीलाई पराजीत गरेका छन् । दोब्बर मत फरकमा एमाले निकट प्रगतिशील समूहका अधिकारी पराजीत भएका छन् ।
बार एशोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका सबै उम्मेदवारले फराकिलो मतान्तरमा एमाले निकट प्रगतिशील समूहलाई पराजीत गरेका छन् । बारको इतिहासमै यति धेरै मतान्तरले पराजीत हुने अध्यक्षका उम्मेदवारका रुपमा अधिकारी दर्ज भएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उठाएका स्वतन्त्र समूहका पृथ्वीनाथ राईले १ सय ४२ मत प्राप्त गरेका छन् ।
महासचिवका उम्मेदवार अन्जिता खनाालले ३ हजार ६ सय ८२ मत प्राप्त गरी बिजयी भएकी छन् । उनी बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहकी हुन् । महासचिवमा पराजीत भएका प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत पाएका छन् ।
बार एशोसिएसनमा कसले कति मत पाए ? (सूचीसहित)




काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend