Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई कमेडी सो चलाउन युवासंघ महासचिवको सुझाव


    शुक्रबार, चैत्र २५ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपि ओलीलाई आक्रोशपुर्ण चुनौती दिएका छन् ।

    जिएमले शुक्रबार समाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै ओलीलाई आक्रोशपुर्ण चुनौती दिएका हुन् ।

    जिएम लेख्छन् :- “ओलिको बोलिमा कति सत्य कति असत्य !? के साचि यिनको बोलिलाइ समर्थन र विश्वास गर्दै जाने हो भने हाम्रो गन्तव्य कुन र काहा होला? हिजो बाकेमा आएका ओलिले एमाले बाहेक अरु कोहि छैनन भन्न भ्याएछन। सुनेको थिए (एकीकृत समाजवादी) का फलाना पदका भन्दै ९ जनालाइ ओलि आफैले खदा ओढाउदै गरेको म आफैले देखेको छु। बाके जिल्ला कमिटी ३२१ को छ चेतना भया। ओलिलाइ चुनौति दिन्छु तिम्रो (एमाले) नामको प्राइभेट कम्पनि बैषाख ३० पछि नविकरण हुने छैन। तसर्थ ओलि जि अब थोर बहुत कलाकार बटुलेर कमेडि सो चलाउन सुझाव छ।”

    नेकपा (एस) बाँके जिल्ला कमिटीका सचिब समेत रहेका जिएमद्वारा हस्ताक्षरित पत्र मार्फत गरिएका केहीलाई (एस) पार्टीबाट कारबाही र निस्कासन गरेकाहरु हिजो ओलिको हातबाट एमालेमा प्रवेश गरेका थिए ।

    277855798_660558855168412_8944967759861594040_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार