Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङमा नयाँ पाँच दल दर्ता


    शुक्रबार, चैत्र २५ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६  वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

    मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले नयाँ  पाँच दलले नाम दर्ता गराएका छ्न् ।

    जसमा राप्रपा, राप्रपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, सामाजिक एकता पार्टी र उन्नत लोकतन्त्र पार्टी दर्ता भएका हुन् ।
    आयोगले तोकेको समयमा जिल्लामा रहेका पाँच दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार