Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट रुस निलम्बित


    शुक्रबार, चैत्र २५ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार रुसलाई युएनएचसिआरबाट निलम्बित गर्ने पक्षमा मतदान गरेको हो । युक्रेन युद्धमा ‘युद्ध अपराध’ र अत्याचार गरेको आरोपकाबीच रुसलाई युएनएचसिआरबाट निलम्बित गरिएको हो ।

    बिहीबार संयुक्त राष्ट्रसंघमा भएको मतदानमा ९३ देशले रुसलाई निलम्बित गर्ने पक्षमा मत दिएका हुन् । २४ देशले विपक्षमा मत दिँदा ५८ देश भने अनुपस्थित रहे ।

    रुसले युक्रेनमा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन गरेको तथा नियोजित रुपमा मानवअधिकार विपरित काम गरेको हुनुसक्ने प्रति गम्भीर ध्यानाकर्षण भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युएनएचसिआरबाट निलम्बित गरिनु स्वागत योग्य रहेको बताएका छन् । यसले युक्रेनमा रुसी युद्धका कारण भएको अपराधको गम्भीरतालाई पनि देखाउने उनले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार