Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आचारसंहिताबारे एमालेकाे ६ बुँदे असहमति (पूर्णपाठ)


    बिहिबार, चैत्र २४ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटी देखिएको र ति त्रुटी सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए । 

    एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए । 

    आचारसंहिता पालना गर्न एमाले प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हामी आचारसंहिता पालना गर्छौ । त्यसभित्रका केही बुँदामा हाम्रो विमती हो । त्यसबारे आयोगको ध्यानाकर्षण गराएका छौं ।’ महासचिव पोखरेलले भने । 

    एमालेले निर्वाचन प्रचार प्रसार सामाग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलको भनाइ छ । 

    एमालेले आचारसंहितामा उम्मेदवार, दल र दलका भातृ संगठनहरूले प्रचार प्रसार गर्न नपाउने, जनप्रतिनिधिहरूले पनि प्रचार गर्न पाउने लगायतका बुँदामा आपत्ति जनाउँदै आएको छ । 

    1_aGXMCiRyFN.jpg4_ZJc0Ugayid.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार