Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले व्यापक नियुक्तिको तयारी


    बिहिबार, चैत्र २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बालुवाटार आज अपरान्ह चार बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । 

    चना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने भएकाे छ ।

    निर्वाचन आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रुपमा नियुक्तिहरुको निर्णय गर्ने भएकाे हाे ।

    आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार