Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माथिल्लो मैलुङ्ग ‘ए’ अन्तिम चरणमा 


    बिहिबार, चैत्र २४ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ । 

    विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । ०६९ सालदेखि निर्माण सरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तोकिएको समय सीमाभित्र निर्माणकार्य नसकेपछि दोस्रोपटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।

    दोस्रोपटक थपिएको समयमा काम नसकिएपछि फेरि पनि म्याद थप्ने तयारीमा लागेको आयोजनाले जनाएको छ । कुल ६.४२ मेगावाट क्षमताको आयोजनाको निर्माणकार्य वर्षाका कारण ठप्प थियो । 

    यसअघि वर्षाका कारण असारबाट निर्माणकार्य रोकिएको थियो ।

    आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीका अनुसार वर्षा, नाकाबन्दी र बाढीपहिरोका कारण आयोजनाका काम पछि धकेलिएको हो ।

    ९ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पगेको छ,’ पोजेक्ट इन्चार्ज जोशीले भने, ‘३ हजार ८ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ ।’ आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले  हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्यत् उत्पादन गर्न सक्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार