Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो —तत्काल भाग वा मृत्युको सामना गर


    बिहिबार, चैत्र २४ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किभ।युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन— खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् । 

    ‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।

    सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनमा रहेको बताइन्छ । 

    यसैबीच, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरु र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो । 
    त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् ।  एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार