ललितपुर । स्थानीय तहकाे निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट काे काे उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ ।
बगमती गाउँपालिकामा हाल नेपाली कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष छन् । उनले फेरि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । अध्यक्षमा स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दाबी गरेका छन् ।
‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नाे दबी छोड्दिन,’ तिमल्सिना भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’
एमालेबाट पालिका अध्यक्षमा नवराज सञ्जेलको पनि चर्चा छ । सञ्जेलले आफूलाई पार्टीले टिकट दिने बताउँदै आएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’
एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गरेका छन् । भन्छन्, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०-३० लाख बजेट हात्तीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’
माओवादी केन्द्रबाट निसान दर्लामी मगरले अध्यक्षमा इच्छा राखेका छन् । उनीहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्याेलमै छ ।
कांग्रेसमा वीरबहादुर र विष्णुमध्ये काे अध्यक्ष उठ्ने भन्ने दाउपेच चलिरहेको छ । नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको याे पालिकामा एमालेका आकांक्षीहरू नै कांग्रेसको उम्मेदवारीअनुसार आफूहरु अघि बढ्ने योजना बनाइरहेका छन् । केही समयअघिसम्म विष्णु र पालिका अध्यक्ष वीरबहादुरबीच राम्रो सम्बन्ध थियाे । तर पछिल्लो समय उनीहरूबीच निकै प्रतिस्पर्धा चलेको छ ।
पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौतम बताउँछन् । उनी भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । कांग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उनका अनुसार कांग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा गृहकार्य सुरु नगरेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा गठबन्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर मात्र उम्मेदवार उठाइन्छ ।’
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend