सिन्धुपाल्चोक, ४ चैत । सिन्धुपाल्चोकको हाँडीखोला साना जलविद्युत् आयोजनाले २१ महिनापछि पूर्ववत् विद्युत् उत्पादन थालेको छ । ०७३ साउनकाृ पहिरोको कारण विद्युत् उत्पादन बन्द भएको उक्त आयोजनाले पुर्न विद्युत उत्पादन गर्न थालेको हो ।
पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित जलविद्युत् आयोजनाको पावर हाउसमा ०७३ साउनमा गएको पहिरोले क्षति पुगेको थियो । ०७६ चैतदेखि आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको हो।
यसअघि ०७२ मा गएको भूकम्पले पनि यो आयोजनामा क्षति पु¥याएको थियो । त्यसबेला ४ महिना आयोजना बन्द भएको थियो ।
आयोजनाका सञ्चालक इन्द्र बहादुर पाखे्रनले भूकम्पपछिको मर्मतका झण्डै ३० लाख रुपैयाँ खर्च लागेको जानकारी दिएका छन् । त्यतिबेला विद्युत् उत्पादन बन्द हुँदा ६० लाख रुपैयाँबराबरको क्षति भएको थियो ।
९ सय ९१ किलोवाट क्षमता रहेको हाँडीखोला साना जलविद्युत आयोजना ०६७ सालमा निर्माण सम्पन्न भएको हो ।
१८ करोड रुपैयाँमा सम्पन्न आयोजनाले ४ करोड रुपैयाँ मात्रै पेनाल्टी तिर्न परेको थियो । २१ महिना जलविद्युत आयोजना बन्द हुँदा आयोजनाले ८ करोड ६५ लाख घाटा बेहोर्नुपरेको छ । यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पुग्ने गर्दछ ।
पाख्ररेनका अनुसार, यस आयोजनाबाट उत्पदान भएको बिजुली बर्खा सिजनमा ३ रुपैयाँ ९० पैसा र हिउदँमा ५ रुपैयाँ ५९ पैसामा बिक्री हुँदै आएको छ ।