Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ लाख घुस लिने २ कर्मचारी अख्तियारको नियन्त्रमा


    बुधबार, चैत्र २३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।

    अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । घुस रकम लिएर बूढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार