Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम 


    बुधबार, चैत्र २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    दिउँसो प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई  स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।

    बिहीबार प्रदेश १ को पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार