Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठूला दलको मात्र कुरा सुनेकाे भन्दै निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नाराबाजी


    मंगलबार, चैत्र २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला र नाराबाजी भएको छ । 

    मंगलबार स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन आयोगले बोलाएको बैठकमा होहल्ला र नाराबाजी भएकाे हाे ।

    छलफल बिनै हस्ताक्षर गराउन आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको हाे ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले छलफल गर्न नभई निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन मात्रै बोलाएको बताए पनि ठूला दलको मात्र कुरा सुन्ने गरेको भन्दै होहल्ला गरेका थिए ।

    निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई मंगलबार बोलाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार