Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रमेश खरेल भन्छन्- प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो


    मंगलबार, चैत्र २२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति भएकाे टिप्पणी गरेका छन्।

    रौतहटको मौलापुरमा सुशासन पार्टी जिल्ला समितिद्वारा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै उनले हिन्दू संघ वीरगञ्जका अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको भन्दै साह जेलमा बस्नु पर्ने व्यक्ति भएकाे टिप्पणी गरेका हुन् ।

    खरेलले भने, “म तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु, यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो ।”

    तिवारी हत्याकाण्डमा साहको संलग्नता रहेको दोहोर्याउँदै उनले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन र देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको समेत दाबी गरे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार