Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुस पूर्वी युक्रेनमा दशौँ हजार सेना परिचालनको योजनामा छःअमेरिका


    मंगलबार, चैत्र २२ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किभ।रुसले पूर्वीयुक्रेनमा दशौँ हजार सेना परिचालनको योजना गरेको अमेरिकाले बताएको छ । रुसी सेनाले आफ्नो ध्यान दक्षिण र पूर्वीयुक्रेनतर्फ केन्द्रित गरेको विवरणहरू सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सो धारणा राखेका हुन् ।  

    ‘हामी विश्वास गर्छौं कि रूसले आफ्नो युद्धको उद्देश्यलाई परिमार्जन गर्दैछ । अधिकांश क्षेत्रलाई लक्षित गर्नुको सट्टा पूर्वी र दक्षिणी युक्रेनमा उसको ध्यान केन्द्रित छ’, सुलिभानले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने । 

    केही दिनअघि रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमणको आकार घटाउने र पूर्वतर्फ हमला गर्ने जनाएको थियो । रुसी सेना राजधानी युक्रेनबाट पछाडि हटिसकेको छ । युक्रेनी सेना पछि हटेसँगै केही सहरमा सर्वसाधाणका शव भेटिएका छन् । बुचा सहरमा ५० सर्वसाधारणको शव भेटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार