खोटाङ। नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहेको समिति गठन गरिएको प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए ।
प्रदेश समितिका सबै पदाधिकारी रहने प्रदेश कार्यसम्पादन समिति गठन गरिएको छ । सदस्यमा गुरुराज घिमिरे, कैलाश आले, सान्नीमायाँ तामाङ, रेजिना भट्टराई, सेबित्रा आङदेम्वे, मदन संग्रौला, केशरबहादुर बस्नेत, राजकुमार बराइली, विमला राई, नन्दकुमार नेम्वाङ, सञ्जय भट्टराई, कुमार लुइटेल, विमल आचार्य, मिरा खड्का, राजेन्द्र घले, लोकेन्द्र राई, शेखरचन्द्र थापा, रामकुमार थापा, लक्ष्मीकुमार चौधरी, कृति चौधरी, सोमनारायण सोवदार र किरण भट्टराईलाई मनोनित गरिएको छ ।
कांग्रेस प्रदेश समितिले स्थानीय तहको ‘टिकट वितरण समिति’ गठन गरेको छ । प्रदेश १ भित्रका नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको टिकट वितरणका लागि ‘टिकट वितरण समिति’ गठन गरेको हो । प्रदेश समितिका सबै पदाधिकारी रहने समितिमा नौ जना सदस्य मनोनयन गरिएको छ । समितिमा गुरुराज घिमिरे, केशरचन्द्र थापा, मदन संग्रौला, सिजन गुरुङ, लोकेन्द्र राई, विमला राई, उत्तमबहादुर चम्लागाई, जितेन्द्रसिं ठकुरी र रेजिना भट्टराईलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ । सो समितिले प्रदेश १ का ४६ नगरपालिका, दुई उपमहानगरपालिका र १४ जिल्ला समन्वय समितिको उम्मेद्वारको टिकट टुंग्याउने महामन्त्री राईले बताए ।
बैठकले सहमहामन्त्री विनोद बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको छ । यस्तै, १४ वटा विभाग गठन गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend