Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा कोभिड १९ को खोप चार जना विरामीमा पहिलो पटक परीक्षण


    मंगलबार, चैत्र ४ २०७६
    560
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी । विश्वभर भाइरलको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) विरुद्धको खोप अमेरिकामा पहिलो पटक परीक्षण गरिएको छ ।  सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको एसोसिएटेड प्रेसमा उल्लेख गरिएको छ । 

    उक्त खोपमा कोभिड–१९ को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन । 

    विज्ञहरुले यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने  बताएका छन् ।

    यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । ‘केही गर्नका लागि मेरो लागि यो सुनौलो अवसर थियो,’ जेनिफर हेलरले एपीसँग कुरा गर्दै भनिन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

    यसअघि, दादुराजस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भइरसबाट बनाउने गरिन्थ्यो । तर, एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएका हुन् । यसले मानिसको शरीरामा प्रतिरोध क्षमता बढाएर कोरोनाभाइरससँग लड्न मद्दत गर्ने आशा गरिएको छ ।

    यसमा स्वयम्सेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोजहरु दिइएको छ । उनीहरुलाई २८ दिनको फरकमा दुई–दुई पटक खोप दिइनेछ ।

    यदी सुरुवाती परीक्षण सफल भए पनि खोपलाई साधारण व्यक्तिलाई दिनका लागि तयार हुन १८ महिनासम्म लाग्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार