Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • असली कम्युनिष्ट भनेकाे एकीकृत समाजवादी हाे, कलम चिह्नमा अपार मत आउनेमा हामी विश्वस्त छाैं- नेपाल


    सोमबार, चैत्र २१ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहङ्कारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए । 

    ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा एकीकृत समाजवादी नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार