काठमाडौं । लोकतान्त्रिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी र जनता समाजवादी पार्टीबीच स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनको बिरोध गर्नमै अधिकांश समय ब्यतित गर्दैआएका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावमा तालमेल गर्न पुगेका छन् ।
राप्रपाका दुवै घटकसँग एमालेले गठबन्धन गर्ने भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको मूलधार र अर्को कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि ओलीले चुनावमा गठबन्धन गर्ने भएका छन् ।
लोकतान्त्रिक शक्तिहरु सम्मिलित गठबन्धनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चुनावमा तालमेल गर्नका लागि वार्ता गरिरहेको छ । कांग्रेुस नेतृत्वको लोकतान्त्रिक शक्तिसँगै गठबन्धन गर्न लोसपाको चाहनाले ओलीलाई थप चोट पु्गेको छ । योसँगै लोसपासँग चुनावी गठबन्धन गर्ने एमालेको योजना पनि तुहिएको छ ।
२०७७ फागुुन २३ गते सर्वोच्चले माग्दै नमागेको नेकपाको एकता खारेज गरी परमादेशबाट जन्मिएको एमाले पार्टीले संविधान बिपरीत २ पटक संसद बिघटन गरेर प्रतिगमन गरेकाले उक्त पार्टीसँग चुनावी तालमेल गर्न कुनै पनि लोकतान्त्रिक शक्ति तयार नभएपछि निरंकुश पंचायतकालका पंचहरुको नेतृत्वको राप्रपासँग पुगेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend