काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको स्थानीय निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन चाहेका छन् ।
अघिल्लोपटक उनकै नेतृत्वमा कांग्रेस स्थानीय निर्वाचनमा जाँदा एमालेसँग हा¥यो । हारको दोष पार्टीको संस्थापनइतर पक्षले उनीमाथि नै थोपरीदिए ।
राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा पार्टीलाई पहिलो बनाएर जस लिन चान्छन् । त्यसकै लागि संसद्मा रहेका बाँकी चार दलसँग मोर्चाबन्दी कसेका हुन् ।
तर, गठबन्धनमा चुनावी तालमेल गर्न देउवासामु तीनवटा चुनौती रहेको विश्लेषण डा. दाहालको छ ।
पहिलो–निर्वाचनमा डा शेखर कोइराला पक्षलाई सिट बाँडफाँट, दोस्रो–गठबन्धनका बाँकी चार घटकलाई सिट बाँडफाँट र एमालेसँग प्रतिस्पर्धा ।
हुन् पनि शेखर पक्ष चैतको दोस्रो साता सकिएको पार्टी केन्द्रीय समिति बैठकमै चुनावी तालमेलको विपक्षमा उभियो । मुख्य प्रतिस्पर्धी दल एमाले दुई टुक्रा भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत अघि सा¥यो । तर, बहुमत केन्द्रीय सदस्य गठबन्धनको पक्षमा उभियो र फरक मत मात्र शेखर पक्षको दर्ज भयो ।
तर, अहिले पनि शेखर पक्षले चुनावी तालमेलको विरोध गरिरहनुको कारण गठबन्धनका दलहरूबीच स्थानीय तह भागबण्डा गर्दा कांग्रेसले पाउनेमध्येबाट भाग लिन भइरहेको ‘बार्गेनिङ’को रूपमा दाहाल लिन्छन् । देउवाका लागि यो एउटा चुनौती भएको उनले बताए ।
गठबन्धनमा रहेका बाँकी चार दलमध्ये पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध डा. शेखर पक्षीय नेताहरू आक्रोश पोखिरहेका छन् ।
आक्रोश पोख्नेहरू उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापादेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिसम्म छन् । गठबन्धनमा रहेकै दल र तीनका नेताविरुद्ध यसरी निरन्तर गठबन्धनमा दरार आउनेगरी आक्रोश पोखिरहँदा देउवाले रोक्न सकेका छैनन् ।
गठबन्धन ‘मोडालिटी’ पनि तयार भएको छैन । तर, स्थानीय आवश्यकताअनुसार तालमेल गर्नेगरीको ‘मोडालिटी’को पक्षमा कांग्रेस छ ।
यसप्रति माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन् । यसलाई पनि डा। दाहाल चुनौतीको रूपमा लिन्छन् ।
र, बलियो प्रतिस्पर्धी एमाले छ । एमाले नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठबन्धन बन्ने सम्भावना बढेको छ । गठबन्धन बने देउवा नेतृत्वको गठबन्धनलाई जित्न अर्को चुनौती थपिने उनले बताए ।
अर्का राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्छन्, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।’
यसरी दुई ठूला गठबन्धनको दिशामा दलहरू जानुलाई दुई कारण रहेको केसीलाई लागेको छ । पहिलो, सत्ता स्वार्थ र दोस्रो, कांग्रेस–एमालेको पहिलो बन्ने र अन्य दलको अस्तित्व जोगाउने उद्देश्य ।
यही कारण सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बनेको हो ।
स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend