जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल चढ्न लालायित नेपालीको चाहना पूरा भएको बताएकी छन् ।
नेपाली रेल उद्घाटनको अवसरमा जनकपुरधाम रेल्वे स्टेशनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनताको रेल चढ्ने सपना पूरा भएको बताइन् ।
‘म त बच्चामा रेलको धेरै यात्रा गरेको छु । नेपालमा पहिला रेल चलेपनि बर्षौदेखि बन्द रहँदा यहाँका जनता लालायित थिए’ मन्त्री यादवले भनिन्, ‘रामसीताको सम्बन्ध जोडिएको नेपाल र भारतमा रेल संचालन भएपछि दुबै देशको सम्बन्धमा एउटा आयाम थप भएको छ ।’
मन्त्री यादवले बिजलपुरासम्मको ट्रयाक निर्माण भइसकेको र हस्तान्तरण हुनेवित्तिकै त्यहाँसम्म पनि रेल चल्ने बताइन् । उनले बर्दिवासदेखि निजगढसम्मको ७० किलोमिटर रेल्वे ट्रयाकको तयारी भइरहेको बताउँदै रक्सौलदेखि सिमरा र सिमरादेखि काठमाडौंको यात्रा पनि रेलबाट हुने बताइन् ।
‘यो सपना होइन्, वास्तवमै हामी ती ठाउँहरुको यात्रा रेलमा गर्छौं’ उनले भनिन् ।
विराटनगरबाट जोगबनी हुँदै बर्दिवाससम्म रेल्वे लाइन जोडे दुई देशको सम्बन्ध अझ सुमधुर हुने उनले उल्लेख गरिन् ।
रेल संचालन भएपछि नेपालको व्यापारलाई अगाडि बढाउन सकिने भन्दै उनले व्यापार समृद्ध भए यहाँका युवालाई विदेश जानुनपर्ने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालन भएपछि मधेश प्रदेशको पर्यटन र आर्थिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सदियौंदेखि रहँदै आएको नेपाल र भारतबीचको सम्बन्ध रेल संचालनले थप मजबुत भएको बताए ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend