Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान


    आइतबार, चैत्र २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी
    इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ । उनीविरुद्ध  ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ । 

    ३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । 

    पूर्व क्रिकेटरसमेत रहेका प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु ‘अन्तिम बलसम्म’ संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् । 

    अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन् । खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । 

    आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिबार आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार