Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम ढुवानी व्यवसायीले लिए आन्दोलन फिर्ता, आज बाट ढुवानी हुने


    आइतबार, चैत्र २० २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

    योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् ।

    पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।

    तर, व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेको हो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम  स्थगित भएको हो।

    सहमतिपत्रमा भनिएको छ, ‘पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चाल गरिने छ।’

    संयुक्त विज्ञप्ति 

    277543291_648666562906797_7924015509116777805_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार