Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियो देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता, नेपाल भारत द्विपक्षीय बैठक सुरु


    शनिबार, चैत्र १९ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा  नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । 

    भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार