Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  युक्रेनलाई अमेरिकाले थप ३०० मिलियन डलरको सैन्य सहयोग दिँदै


    शनिबार, चैत्र १९ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    एजेन्सी
    काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ३०० मिलियन डलरको सुरक्षा सहयोग सहयोग गर्ने भएको छ।

    शुक्रबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनलाई दिने थप सहयोग घोषणा गरेको हो। नयाँ योजनासँगै अमेरिकाले युक्रेनलाई दिने समग्र सैन्य सहयोग २ अर्ब ३० करोड डलर नाघेको छ। 

    अहिले अमेरिकाले घोषणा गरेको सहयोगमा आत्मघाती ड्रोन, एन्टि ड्रोन प्रणाली, सैन्य गाडीहरु, नाइट भिजन उपकरण, गोलाबारुदलगायतका सहयोग समावेश छन्। 

    रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार अमेरिकी सरकारको थप सहयोगले युक्रेनको सशस्त्र बलहरूलाई नयाँ क्षमताहरू प्रदान गर्नुका साथै बलियो बनाउनेछ।‍
    यस्तै अमेरिकी वाणिज्य विभागले रूसी र बेलारूसी रक्षा, एयरोस्पेस र समुद्री क्षेत्रका थप १२० संस्थामा प्रतिबन्ध लगाएको छ।

    युक्रेनमाथि रुसले फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ।

    यस्तोमा रुससँग लड्नको लागि युक्रेनले पश्चिमा मुलुकसँग सहयोग माग्दै आएको छ।

    यद्यपि पछिल्लो केही समययता युक्रेनमा रुसको आक्रमण केही कम भए पनि पूर्वी क्षेत्रमा उसले आक्रमण बढाउने सक्ने आशंका बढेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार