Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाले आज कस कसलाई भेट्दैछन् ?


    शनिबार, चैत्र १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँदिल्लीमा महत्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त हुनेछन् । 

    निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार शनिबार विहान १०ः४० बजे महात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । त्यसपछि ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वन अन वन’ भेटवार्ता गर्नेछन् । 

    मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । 

    शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । 

    प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार