Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियाविरुद्ध पीएनजीले टस जितेर बलिङ गर्दै


    शुक्रबार, चैत्र १८ २०७८
    415
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ । 

    कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ । यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दै छ । 

    शृंखलामा मलेसिया दोस्रो जित निकाल्ने योजनामा छ । यता, पीएनजी भने पहिलो जितको खोजीमा छ । 

    मलेसियाले २ खेलबाट २ अंक जोडेको छ । यता, पीएनजी भने विनाअंक पुछारमा छ । 

    यता, नेपाल भने लगातार दुई खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ । नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ । 

    आजको जितले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार