काठमाडौँ । भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबीचको तरुल भएको टिप्पणी गरेका हुन् ।
‘यसबेला हामी पृथ्वीनारायण शाहले याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुंगाबीचको तरुल हो, अब नेपाल तीन ढुंगाबीचको तरुल हुन पुगेको छ,’ ‘किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो । तर, अहिले एमसीसीमार्फत इन्डो–प्यासोफिक रणनीति लागू गर्न अर्थात चीनलाई घेर्ने जुन रणनीति बनाएको थियो, त्यो अब अमेरिकाले गर्छ ।’
एमसीसी पारित भएसँगै नेपालमा चीन पराजित अवस्थामा रहेको भनेर पटक-पटक उल्लेख गरेका मेहताले एमसीसीले चिनियाँ सहयोग बिआरआईलाई रोक्ने जिकिर पनि गरेका छन् । ‘यसको मतलब यो होइन कि एमसीसीले सबै काम गर्छ । तर, एमसीसीले बिआरआईलाई भने रोक्छ, देख्नुभयो नि बिआरआईमा चीनले अहिलेसम्म पैसा पनि हालेको छैन,’ मेहताले अगाडि भने, ‘बिआरआई सन् २०१७-१८ देखिको कुरा हो, कतिवटा रेल्वे लाइन, कतिवटा कोरिडर बनाउने भन्ने कुरा थियो नि रु अहिलेसम्म त्यो बन्यो त बनेन नि, त्यसलै एमसीसीमा चीनले हारेको छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend