Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ वर्षका उपलब्धि उल्लेख गर्दै एमालेले स्थानीय तहमा अलग्गै प्रतिबद्धतापत्र बनाउने


    बिहिबार, चैत्र १७ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको स्थानीय तहबाट बनाउने निर्वाचन प्रतिवद्धता पत्रको ढाँचा एउटै हुने भएको छ । केन्द्रबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिवद्धता पत्र दुईवटा बनाउने निर्णय गरेको एमालेले बिगतमा गरेका काम कारवाही उल्लेख गर्न निर्देशन दिएको छ । 

    ‘स्थानीय तहको प्रतिवद्धता पत्र देशैभरी एउटै ढाँचामा हुनेछ,’ एमालेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, स्थानीय तहमा पाँच वर्षको कामको संक्षिप्त समिक्षा गर्दै केन्द्र, प्रदेश र पालिका सरकारबाट गरिएका काम र प्राप्त उपलब्धीलाई उल्लेख गर्नुपर्नेछ ।’ 

    स्थानीय तहको प्रतिवद्धता पत्र निमार्ण गर्दा विज्ञहरूसँग छलफल गर्न समेत एमालेले निर्देशन दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार