Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले पीएनजीलाई दियो २ सय ४ रनको लक्ष्य, डेब्यु गरेका आदिलले ११ बलमा ३१ रन बनाए


    बिहिबार, चैत्र १७ २०७८
    340
    Shares
  • २ मिनेट पाठ
  •  

    काठमाडौँ ।  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय चार रनको लक्ष्य दिएको छ । 

    आज बिहीवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए ।

    यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।  

    बलिङतर्फ पीएनजीका कबुआ मोरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नोरमन भानुआ र नोसइना पोकनाले एकरएक विकेट लिए । 

    आजको खेल नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ ।

    आजको खेलमा अलराउण्डर आदील अन्सारीले डेब्यु गरेका छन् । कुशल मल्लको ठाउँमा आदीलले डेब्यु गरेका हुन् । 

    यसअघि हिजो बुधवार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र गएको सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो ।

    लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार