Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको करिव ८ लाख रुपैयाँ सहित एक जना पक्राउ


    बिहिबार, चैत्र १७ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । सम्सी गाउँपालिका–६ भेडपुर चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९१ हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा औरही नगरपालिका–५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दास छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

    उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार