Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिथ्या र भ्रामक समाचार प्रवाह हुन थाल्यो, यसले विश्वसनीयतामा ह्रास आउँछ: प्रधानमन्त्री


    बिहिबार, चैत्र १७ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन् । 

    बिहीबार रिपोर्टस क्लव नेपालको २४औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए । 

    सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ । 

    मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उनले यस्ता समाचारले विश्वसनीतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह गरे । 

    देशको विकासका लागि सञ्चार माध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उनको विश्वास छ । 

    समस्या र अप्ठ्यारा चिरेर सत्तारुढ गठबन्धनलाई अघि बढाउने प्रधानमन्त्री देउवाको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार