Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन नजिकिँदै प्रचण्डको दौडधुप बढ्दै, गठबन्धन गर्ने कांग्रेस निर्णयपछि आज चितवन जाँदै


    बुधबार, चैत्र १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । 
    चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् । 

    त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।
    निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ ।

    चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार